भारतसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २–१ गोल अन्तरले पराजित
प्रकाशित:
२०७८, २० भाद्र
काठमाडौं, २० भदौं । भारतसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा आइतबार आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल २–१ गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको भएपनि दोस्रो हाफको ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको केही समयमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गरेसँगै भारतले दुई शून्यको अग्रता बनाएको थियो ।
खेलको ८६ मिनेटमा नेपाली खेलाडी तेज तामाङले गोल गर्दै खेलमा गोलको दूरी घटाएपनि बराबरी बनाउनबाट नेपाल चुक्न पुग्यो । गत बिहीबार भएको खेलमा भने एक–एक गोलको बराबरीमा खेलेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार