थप १,०८९ जनामा कोरोना पुष्टि, १ हजार ५३४ जना सङ्क्रमणमुक्त
प्रकाशित:
२०७८, २० भाद्र

काठमाडौं, २० भदौं । गत २४ घण्टामा देशभर थप १ हजार ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १ हजार ५३४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
७ हजार ९७१ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ७ लाख २७ हजार १८५ जना पुगेको छ भने सङ्क्रमण पुष्टि हुनेको संख्या ८ लाख ५४ हजार ३२१ जना पुगेको छ ।
यस्तै, कोरोना भाइरसका कारण थप २० जनाले ज्यान गुमाएको छ । ज्यान गुमाउनेको संख्या १० हजार ८३८ जना पुगेको छ । अहिले नेपालमा ३१ हजार २४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार