कुलमान घिसिङविरुद्धको रिट प्रधानन्यायाधीशको इजलासमा
प्रकाशित:
२०७८, २० भाद्र

काठमाडौं, २० भदौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै परेको रिटमाथि आज पेसी तोकिएको छ । उक्त रिट निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफ्नै इजलासमा राखेका छन् ।
निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै गत ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदनमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गरेका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
