फिलिपिन्सले नेपालसहित १० एसियाली मुलुकमाथि लगाएको यात्रा प्रतिबन्ध हटायो
अखबार टुडे
प्रकाशित:
२०७८, २० भाद्र

काठमाडौं, २० भदौं । कोभिड–१९ को महामारी नियन्त्रणका लागि भन्दै फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ । कोरोनाविरुद्धको खोपका कारण भयावहस्थिति नहुने भन्दै फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको हो ।

फिलिपिन्सले २१ भदौदेखि लागु हुनेगरी नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि लगाइएको यात्रा प्रतिबन्ध हटाइएको जनाएको छ ।

फिलिपिन्सले नेपालसहित १० एसियाली मुलकमाथि गत अप्रिलदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । १० एसियाली मुलकमाथि यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले स्वीकृत गरेको समाचार जनाइएको छ ।

प्रतिक्रिया