तालिबानलाई सहयोग गर्न युरोपेली युनियनको पाँच शर्त
अखबार टुडे
प्रकाशित:
२०७८, २० भाद्र

काठमाडौं, २० भदौ । युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि पाँच ओटा शर्त अघि सारेका छन् ।
स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकले सहयोगका लागि शर्त अघि सारेको युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले बताए ।
उनका अनुसार यसका लागि सबैभन्दा पहिला तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई प्रश्रय दिने अथवा यहाँ आतंकवादी उत्पादन केन्द्रजस्तो गरी अरु देशलाई असर गर्ने काम गर्न नहुने बताइएको छ ।
यस्तै, सहयोग पाउनका लागि तालिबानले अफगानिस्तानमा मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने युरोपियन युनियनका शर्त छन् ।
यी शर्त पालना गरेमा मात्र तालिवान सरकारलाई सहयोग गर्न सकिने युरोपियन युनियनका विदेशमन्त्रीले जनाएका छन् ।

प्रतिक्रिया