भदौं २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस
अखबार टुडे
प्रकाशित:
२०७८, १९ भाद्र

काठमाडौं, १९ भदौं । सरकारले यही २३ भदौका लागि संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शनिबारको बैठकले भदौ २३ गते अपराह्न ४ः०० बजे संघीय संसद्को बैठक बोलाउन सिफारिस गरेको हो ।

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संसद् अधिवेशनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको जानकारी दिए ।
सरकारले गत साउन ३२ गते संसद् अधिवेशन अन्त्य गरेको थियो । केही महत्वपूर्ण विधेयक अगाडि बढाउने लक्ष्यका साथ सङ्घीय संसद्को बैठक आह्वान गर्न सिफारिस गरिएको बताइएको छ ।

प्रतिक्रिया