निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्को भन्दै एनआरएनएलाइ मन्त्रालायको पत्र (पत्रसहित)
प्रकाशित:
२०७८, १९ भाद्र

काठमाडौं, १९ भदौ । परराष्ट्र मन्त्रालयले निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी गुनासाहरू आएकाले यस विषयमा सत्यतथ्य जानकारी गराउन ५ दिनको समय दिएर एनआरएनएसँग जवाफ माग गरेका छन् ।
मन्त्रालयले चुनावी प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, राष्ट्रिय समन्वय परिषद्को अधिवेशन तोकिएको समय भन्दा ढिला गरेको, अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको विवरण १५ अगस्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयमा पेश गर्नुपर्नेमा सो मिति भन्दा पछि त्यस्तो कार्य भएको जस्ता विषयमा गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई पत्र काटेको हो । यस्तै गैरआवासीय नेपाली संघ जापानको चुनावबारे पनि प्रश्न उठाउँदै सो परराष्ट्रले निर्वाचनको वैधतामाथि प्रश्न चिन्ह खडा भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
