रात्रि व्यवसायीलाई राहत : दोहोरी राती १२ बजेसम्म र क्लब २ बजेसम्म खुल्न पाउने
प्रकाशित:
२०७८, १९ भाद्र
काठमाडौं, १९ भदौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रात्रीक्लब र दोहोरी साँझहरुको समय निर्धारण गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको व्यवसायी र डीसीसीएमसीको बैठकको निर्णयअनुसार अब दोहोरी साँझ मध्यरात १२ बजे र क्लबहरु राती २ बजेसम्म संचालन हुन पाउने भएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार यसरी सञ्चालन गरिएपनि भीडभाड गर्ने र कोभिड प्रोटोकल उल्लंघन गर्न पाइने छैन । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित अनुगमन समितिले दोहोरी साँझ र रात्री क्लबको अनुगमन गर्ने र कोरोना रोकथामको मापदण्ड उल्लंघन गरेको पाइएमा कार्यविधिअनुसार कार्वाही हुने जनाइएको छ । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रात्रि व्यवसायीहरु ठप्प रहेको अवस्थामा थिए ।
प्रतिक्रिया