एमालेले सभामुख र निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमाथि भएन सुनुवाइ
अखबार टुडे
प्रकाशित:
२०७८, १८ भाद्र

काठमाडौं, १८ भदौ । सर्वोच्च अदालतमा नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ नहुने भएको छ । मुद्दाको पेशी न्यायाधीश मिरा खड्काको इजलासमा परेपनि ‘बेन्च बस्न नभ्याए’पछि सुनुवाइ नहुने भएको हो ।
सर्वोच्च अदालतका अनुसार दल दर्ताका क्रममा निर्वाचन आयोगले दस्तखत नभएका निवेदनलाई पछि सनाखत गराएको, प्रक्रिया नै पूरा नगरी गलत मनसायले हतारमा छुट्टै दल दर्ता गराएको भन्दै एमालेले रिट दायर गरेको थियो ।
यस्तै, लुम्बिनी प्रदेशका दुई जना सांसद बिमला वली र अजय शाहीलाई दलले निष्कासन गरेपनि यथावत राख्नेगरी भएको निर्णय बदर गरी गैरकानुनी कार्य गरेको भन्दै एमालले असर्वोच्चमा रिट दायर गरेको थियो थियो ।
यस्तै, भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएको थियो । तर, सभामुख सापकोटाले कारबाही प्रक्रिया अगाडि बढाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी बनाइ सर्वोच्चोमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया