तालिबानद्वारा आज नयाँ सरकार घोषणा गर्न राष्ट्रपति कार्यालयमा एक समारोहको तयारीे
अखबार टुडे
प्रकाशित:
२०७८, १८ भाद्र

काबुल, १८ भदौ । अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्न काबुलमा रहेको राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरुले सरकार बनाउने सम्बन्धमा नै राजनीतिक भेटघाटलाई तीव्र बनाएका थिए । केही दिनयता नयाँ सरकार घोषणा गर्न भन्दै तालिबानले छलफललाई निरन्तरा दिँदै आएको छ । छलफल लगभग टुङ्गिएकाले शुत्रबार नयाँ सरकार घोषणा हुन सक्ने अनुमान गरिएको हो ।
तालिबानको सरकारमा राष्ट्रपति र प्रधानमन्त्री हुने खबरमा उल्लेख छ । तर, सरकारमा महिला सहभागी हुने÷नहुने बारे केही खुलाइएको छैन । तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुने सम्भावना रहेको खबरमा उल्लेख छ । तालिबानहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा इस्लामिक सरिया कानुनअनुसार शासन चलाएका थिए ।
अगस्ट १५ मा तालिबानहरूले सत्ता कब्जा गरेका थिए । २० वर्षे युद्ध सकेर अमेरिकी सेना अगस्ट ३१ मा अफगानिस्तानबाट फिर्ता भएको थियो । तालिबानहरू फेरि सत्तामा फर्किएपछि समावेशी सरकार बनाउन उनीहरूलाई आन्तरिक र बाह्य रूपमा दबाब छ ।

प्रतिक्रिया