पर्वतमा पहिरोमा परी पाँच जनाको मृत्यु
प्रकाशित:
२०७८, १८ भाद्र

काठमाडौं । लगातारको अविरल वर्षापछि पहिरोे जाँदा पर्वतमा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पहिरोले पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् ।
पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना वेपत्ता रहेका छन् । उनीहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
