नेपालले अग्रता जोगाउन नसक्दा भारतसँग १-१ गोलको बराबरी
अखबार टुडे
प्रकाशित:
२०७८, १७ भाद्र

काठमाडौं, १७ भदौ । नेपाल र भारतले मैत्रीपूर्ण फुटबल खेल बराबरी खेलेका छन् । पहिलो मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गोलको बराबरी खेलेका हुन् ।
दशरथ रङ्गशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गोल गरेका अग्रता दिलाएका थिए । तर नेपालको अग्रता दोस्रो हाफमा रहन सकेन । भारतका अनिरुध थापाले खेलको ६० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आउँदो शनिवार दशरथ रङ्गशालामा नै हुनेछ ।

प्रतिक्रिया