थप २,००४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु
प्रकाशित:
२०७८, १७ भाद्र
काठमाडौं, १७ भदौ । गत २४ घण्टामा देशभर थप २,००४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,८४६ रहेको छ भने १६ जनाको मृत्यु भएको छ ।
योसँगै ७ लाख २१ हजार १८२ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने हालसम्म १० हजार ७८६ जनाको मृत्यु भइसकेको छ । नेपालमा हाल ३३ हजार ९४६ सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार