बिग बोस १३-का बिजेता सिद्धार्थ शुक्लाको निधन
अखबार टुडे
प्रकाशित:
२०७८, १७ भाद्र

काठमाडौ, १७ भदौ । भारतीय टीभी सिरियलका लोकप्रिय कलाकार तथा बिग बोस १३ का बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ ।
हृदयघातका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ४० वर्षका सिद्धार्थको कपुर अस्पतालमा निधन भएको खबरमा उल्लेख छ । उनले अभिनय गरेको बालिका बधु टेलिचलचित्र धेरैले रुचाएका थिए ।
सिद्धार्थले ‘बबुलका आँगन छोटे ना’ टिभि शोबाट टेलिभिजन यात्रामा पाइला राखेका थिए । यसपछि उनले बालिका बधु, आहत, लभ यु जिन्दगी लगायत चर्चित टिभी शोमा अभिनय गरेका थिए ।

प्रतिक्रिया