सिस्ने खोलाको बाढीले कार बगाउँदा चार जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १७ भाद्र

दाङ, १८ भदौं । यहाँको एक खोलाले कार बगाउँदा ४ जनाको मृत्यु भएको छ । गएराती पौने दश बजे घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले उक्त कार बगाएको हो ।

नेपालगञ्जबाट घोराही जाँदै गरेको प्र ३०१२४ च ४४४० नम्बरको कार सिस्ने खोला क्रस गर्दै गर्नेक्रममा खोलामा आएको बाढीले बगाउदा कार चालक घोराही १५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घटनास्थलदेखि १ किलोमिटर टाढा खोलामा बगिरहेको अबस्थामा प्रहरीले फेला उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ ।

यस्तै, कारमा सवार घोराही १३ निवासी वर्ष ३२ की सुशीला श्रेष्ठ र १४ निवासी वर्ष २९ कि राधिका कुवरको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

सिस्नेखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका घोराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र १४ बस्ने बर्ष ४० कि बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले बताए । बेपत्ता भएकाहरुको शब प्रहरीले बिहीबार बिहान ३ बजेतिर घोराही ३ बेलुवास्थित खोलाको किनारमा फेला पारेको जनाएको छ ।

प्रतिक्रिया