मोडल तथा कलाकार निशा घिमिरेको निधन
प्रकाशित:
२०७८, १६ भाद्र

काठमाडौं, १६ भदौ । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । काठमाडौँको नर्भिक अस्पतालमा केही महिनादेखि उपचाररत घिमिरेको बुधबार निधन भएको अस्पतालले जनाएको छ । अस्पतालले दिएको जानकारी अनुसार उनको बुधबार साँझ ६ः ५१ बजे निधन भएको हो ।
लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते नर्भिक अस्पतालले निः शुल्क उपचार गरिरहेको थियो ।
उनी भारतमा मोडलिङ अध्ययन गर्न गएको अवस्थामा दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।
प्रतिक्रिया
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त