कक्षा १२ को परीक्षा ३० भदौदेखि सञ्चालन हुने, सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र
अखबार टुडे
प्रकाशित:
२०७८, १६ भाद्र

काठमाडौं, १६ भदौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही ३० भदौदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमण घट्दै गएसँगै बोर्डले यस्तो निर्णय गरेको हो ।

यसअघि कोरोना महामारीका कारण कक्षा १२ को स्थगन गरिएको थियो । तर, बुधबारको निर्णयसँगै भदौ ३० गतेदेखि सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको हो ।

संगीत, ललितकला र संस्कृत विषय समूह तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गर्न लागिएको बोर्डले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ । सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप अभियान समेत सञ्चालन गरिसकेको थियो ।

प्रतिक्रिया