काठमाडौं, १६ भदौं । गायिका सुरक्षा सेन्चुरी र गायक अजय कार्कीको तीज ब्याटल गीतले एक मिलियनभन्दा माथि भ्युअर्स पाएको छ ।
‘जीन्दगी यस्तै नै रहेछ’ गीतको भिडियोलाई पछिल्लो समय दर्शक तथा श्रोताले रुचाएका छन् । यो समाचार तयार पारिरहँदा यस गीतको भिडियोलाई १० लाख २६ हजार बढीले हेरिसकेका छन् ।
यो गीतको विशेषता भनेको नयाँपन हो । जसलाई तीज गीतलाई लोक ब्याटल शैलीमा ढालिएको छ । अर्को पक्षको भनेको निर्देशन र कलाकारको प्रस्तुती हो । यस गीतको गीतकार तथा मोडल दर्पण राई आफैँले निर्देशन गरेका हुन् भने गीतको भिडियोमा गायक प्रकाश सपुत र समीक्षाले नृत्य गरेका छन् । जसलाई दर्शकले रुचाएका छन् । अजयकै शब्द संगीत रहेका यस गीतलाई एमएमएस इन्टरटेनमेन्टले व्यवस्थापन गरेको हो ।
यहाँ एउटा कुरा उल्लेख गर्न विर्सन हुँदैन । सुरक्षा सेन्चुरी सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’बाट उदाएकी गायिका हुन् । जो भारतको दार्र्जिलिङकी हुन्, जसले पहिलोपटक लोक ब्याटल शैलीमा तीज गीत गाएकी छन् । नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा यस गीतले पनि चर्चा पाइरहेको छ । टिकटकमा समेत भाइरल बनिरहेको यो गीतको अहिलेको रफ्तार हेर्दा लाग्छ, यस पटकको तीजमा धेरैले यो गीतमा नाचेर रमाइलो गर्नेछन् । जीन्दगी यस्तै नै रहेछ….।