थप २,०५२ जनामा पुष्टि, ३ हजार ०३० जना संक्रमणमुक्त
प्रकाशित:
२०७८, १६ भाद्र

काठमाडौं, १६ भदौ । गत २४ घण्टामा देशभर थप २,०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, आज ३,०३० कोरोना संक्रमणमुक्त भएका छन भने २० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ । अहिले २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।
उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
