भारतसँगको मैत्रिपूर्ण खेल दर्शकको उपस्थितिमा हुने, टिकट अनलाइनमार्फत काट्नुपर्ने
प्रकाशित:
२०७८, १६ भाद्र
काठमाडौं, १६ भदौ । नेपाल र भारतको मैत्रिपूर्ण खेल हेर्न दर्शकहरु रंगशाला जान पाउने भएका छन् । सरकारले ५१ सयलाई प्रवेश गर्न अनुमति दिएसँगै दर्शकले उक्त खेल हेर्न पाउने भएका हुन् ।
खेल हेर्नको लागि टिकट अनलाइनबाट काट्नुपर्नेछ । यद्यपि मूल्य भने अहिले तय नभएको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।
खेल हेर्नका लागि भ्याक्सिन कार्ड (पूर्ण खोप) र पिसिआर रिपोर्ट नेगेटिभ चाहिने उनले बताए । बिहीबार र आइतबार हुने खेल साढे पाँच बजेदेखि सुरू हुनेछ ।
प्रतिक्रिया