एमालेका १२ सांसद एकीकृत समाजवादीमा, मुख्यमन्त्री शाक्य अल्पमतमा
अखबार टुडे
प्रकाशित:
२०७८, १५ भाद्र

काठमाडौं, १५ भदौ । वाग्मती प्रदेश सभामा नेकपा एमालेका १२ सांसदले अध्यक्ष ओलिको साथ छाडेका छन् ।
१२ जना प्रदेश सभा सदस्यले मङ्गलवार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको नाममा सनाखत गरेका छन् ।
१२ जना एमालेका सदस्य एकीकृत समाजवादीमा लागेसँगै गएको भदौ १ गते मुख्यमन्त्री बनेका अष्टलक्ष्मी शाक्य भने अल्पमतमा परेकी छन् । उनले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।
एक सय १० सदस्यीय प्रदेश सभामा ५६ सांसद रहेको एमालेसँग अब जम्मा ४४ जना मात्रै सदस्य रहेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेका हुन् । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोज्न पाउने निर्णय गरेको छ ।

प्रतिक्रिया