नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा दयाहाङ नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, १५ भाद्र

काठमाडौं, १५ भदौ । सबै दर्शकको लोकप्रिय अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो ।
युरोेपियन युनियनले दयाहाङलाई महोत्सवको ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुशी लागेको बताएकोे छ । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ । नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो ।
योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको विजेताको घोषणा तथा चलचित्रसँग सम्बन्धित महत्वपूर्ण अन्तक्र्रिया र गोष्ठिहरू पनि सञ्चालन हुने छन् ।

प्रतिक्रिया