सत्तारूढ गठबन्धनका नेताहरुको छलफल विनानिष्कर्ष सकियो
अखबार टुडे
प्रकाशित:
२०७८, १५ भाद्र

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री निवास बालुटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको छलफल विनानिष्कर्ष सकिएको छ ।
मंगलबारको छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका थिए ।
बैठकमा मन्त्रिपरिषद्को पूर्णता र मन्त्रालय भागबन्डालगायत विषयमा छलफल भएको थियो । तर, सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटको विषयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष भने निस्किएन ।
सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा निकै सकस पर्ने देखिएको छ । मन्त्रिपरिषद् विस्तार पनि टाढिँदै गएको छ ।
हाल गृहमन्त्रीमा बालकृष्ण खाँण, अर्थमन्त्रीमा जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठमा छन् त्यस बाहेकका १७ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैंले सम्हालेका छन्

प्रतिक्रिया