
काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका नेता गगन थापाले आउँदो महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १४ औं महाधिवेशन आउदो मंसीरमा हुदैछ ।
सोमबार काठमाडौं महानगरपालिका वडा नं ३० को कांग्रेस कार्यकर्ता भेलामा थापाले महामन्त्रीमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘‘मेरो दावेदारीको आधार आग्रज नेता तथा कार्यकर्ता हुनुहुन्छ । मैले मेरो क्षेत्रबाट गरेका सबै कामहरु सफल भएका छन्, म आज मेरै क्षेत्रबाट महामन्त्रीको उम्मेदवारी बन्ने घोषणा गर्दैछु ।’
त्यस्तैगरी उनले आफ्नो पार्टीमा प्रतिस्पर्धाको लागि सहयोगको याचनासमेत गरेका थिए । थापा कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन । १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए तर रामचन्द्र पौडेल समूहका डा शशांक कोइराला निर्वाचित भएका थिए ।
