पीएसजीमा लियोनल मेस्सीको डेब्यु, रिम्समाथि २–० को जित
अखबार टुडे
प्रकाशित:
२०७८, १४ भाद्र

काठमाडौं, १४ भदौ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट डेब्यु गरेका छन् । उनी नेइमारको ठाउँमा मैदान प्रवेश गरेका थिए ।
गएराति रिम्ससँग खेलको दोस्रो हाफको ६६ औं मिनेटमा ३० नम्बरको जर्सीमा दर्शकसामु मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् । मेस्सीले आफ्नो व्यावसायिक खेल जीवनमा बार्सिलोना बाहेक अर्को टिमबाट पहिलो पटक खेलेका हुन् ।
मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट बिक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो । खेलमा दोस्रो खेल पनि मैदान पस्दा दर्शकहरु मेस्सीको प्रतिक्षामा थिए । रिम्समाथि पीएसजीले २–० को जित निकालेको छ । दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् ।

प्रतिक्रिया