तालिबानद्वारा सम्पत्ति फिर्ता गर्न नागरिकलाई निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, १३ भाद्र

काबुल, १३ भदौ । तालिबानले काबुलमा बसोबास गर्ने नागरिकहरुलाई आफूसँग भएको सवारी साधन, हतियार र गोला बारुदसहित सम्पूर्ण सरकारी सम्पत्ति फिर्ता गर्न निर्देशन दिएको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार तालिबानका प्रवक्ता जवीहुल्लाह मुजाहिदले काबुलमा बस्ने सबै अफगान नागरिकले आफूसँग भएको निजी सम्पत्ति सहित ती सामग्री सरकारलाई फिर्ता गर्न निर्देशन दिएका हुन् ।
साथै सरकारी कर्मचारीहरुलाई काममा फर्कन समेत तालिबानले निर्देशन दिएको छ । यसवाहेक स्थानीय मिडियासँग तालिबानका एक अधिकारीले अमेरिकाले काबुल विमानस्थलका तीनवटा गेट आफ्नो नियन्त्रणमा रहेको समेत बताएका छन् ।

प्रतिक्रिया