शिवम्ले तिरेन दुई अर्ब विद्युत् महसुल
अखबार टुडे
प्रकाशित:
२०७८, १३ भाद्र

काठमाडौं, १३ भदौ । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत रु २ अर्ब ३४ करोड तिरेको छैन । शिवम्ले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सोे रकम नतिरेको हो ।
डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जनाएको छ । प्राधिकरणले महसुलबापतको रकम तिर्नका लागि उद्योगलाई पटक पटक पत्र पठाएपनि हालसम्म रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशिभुषण साहले जानकारी दिए ।
सर्वोच्च अदालतले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षअघि नै आदेश दिएको थियो । तर हालसम्म पनि उक्त रकम तिरेको छैन ।

प्रतिक्रिया