सप्तकोशीमा खतराको घण्टी : सर्तक रहन स्थानीय प्रशासनको आग्रह
प्रकाशित:
२०७८, १३ भाद्र

सप्तरी, १३ भदौं । सप्तकोशी नदीमा वहाव यस वर्षकै उच्च मापन भएको छ । केही दिनयता लगातारको वर्षासँगै आइतबार नदीको बहाववर्षकै उच्च विन्दुमा पुगेको हो ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार मध्यान्हसम्ममा सप्तकोशीको वहाव २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ५२ मध्ये ३५ वटा ढोका खोलिएका छन् ।
साउन ३२ गते २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । सप्तकोशीमा बहाव प्रतिसेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ । जोखिमबारे सूचित गर्न रातो बत्ती बालिएको छ ।
यसैबीच स्थानीय प्रशासनले जोखिमलाई ध्यान दिँदै सतर्क रहन स्थानीयबासीलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
