मिस एण्ड मिसेस ईण्डिजिनियस–२०२१’को उपाधि नम्रता र आशालाई
अखबार टुडे
प्रकाशित:
२०७८, १३ भाद्र

काठमाडौं, १३ भदौं । एसके ईन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस एण्ड मिसेस ईण्डिजिनियस–२०२१ सिजन–२’को उपाधि नम्रता तामाङ र आशा थापाले जितेका छन् ।
प्रतियोगिातमा मिसेस ईण्डिजिनियस–२०२१ तर्फ फस्ट रनरअप, भ्यूअर्स च्वाइस सीता तामाङ, सेकेन्ड रनरअप लक्ष्मी गुरुङ, थर्ड रनरअप निरु राई, अर्गनाइजर च्वाईस क्रिष्टिना आले मगर, पब्लिक चवाइस शान्ता तामाङ र पपुलर रुपा थापा मगर भए ।
यस्तै, पर्सनालिटी सीता तामाङ, कन्फिडेण्ट सपना तामाङ लोप्चन, बेष्ट वाल्क शान्ता तामाङ, बेष्ट स्माईल रुपा थापा मगर, फोटोजेनिक र ट्यालेन्ट आशा थापा, डिसिप्लिन पायल गहतराज, पंचुअल र फ्रेण्ड्ली लक्ष्मी गुरुङ, बेस्ट सकिन निरु राइ, बेष्ट हेयर रेखा गुरुङ भए ।
यस्तै, इनोसेन्ट सुशिता तामाङले जित्न सफल भएका छन् भने मिस ईण्डिजिनियस–२०२१ तर्फ फस्र्ट रनरअप, पंचुअल, भ्यूअर्स च्वाइस र पब्लिक च्वाईस बिमिशा गुरुङ, सेकेन्ड रनरअप मुना बुढामगर, थर्ड रनरअप सबिना गुरुङ भएका छन् ।
यस्तै, अर्गनाईजर च्वाईस गीता मगर, पपुलर मुना बुढामगर बेष्ट वाक सबिना गुरुङ, बेष्ट स्माइल रशिला तामाङ, फोटोजेनिक सबिना गुरुङ, ट्यालेन्ट शान्ति गुरुङ, डिसिप्लिन प्रिया खनाल, स्कीन रेनुका तामाङ, बेष्ट हेयर लक्ष्मी चौधरी, फ्रेन्डली मिना राई र इनोसेन्ट गीता मगरले सबटाइटल जित्न सफल भएका छन् ।
प्रतियोगिताको निर्णायकमा नायिका संचिता लुँइटेल, रमला पाख्रिन, रोशन फ्युबा, जगत बराम, केशब थापा, सुमना गुरुङ, गायक निर्णय श्रेष्ठ र टेकराज पाण्डे रहेका थिए ।
बागमती प्रदेशको उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा काठमाडौँमा सम्पन्न प्रतियोगितामा विशेष अतिथिहरु पूर्वराज्यमन्त्री पर्शुराम तामाङ, प्रदेश सभासद प्रकाश चन्द्र दवाडी, मनकुमारी गुरुङ रहेका थिए ।
प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्यमार्फत एक महिना सम्म विशेष प्रशिक्षण पाएका थिए । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लाससहित विभिन्न गतिविधिमा सहभागी गराइ्एको आयोजक शान्ता तामाङले बताइन् ।

प्रतिक्रिया