पूर्ण खोप लगाएका सबै देशका नागरिकको लागि यूएईले टुरिस्ट भिसा जारी गर्ने
प्रकाशित:
२०७८, १३ भाद्र
काठमाडौं, १३ भदौ । यूएईले अगष्ट ३० देखि टुरिस्ट भिसा पनि जारी गर्ने भएको छ । टुरिस्ट भिसाको लागि आवेदन दिनेहरूले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको कोरोना विरुद्धकोे कुनै एक खोप मध्ये पूर्ण रूपमा लगाएको हुनु पर्नेछ ।
पूर्ण खोप(दुवै डोज) लगाएका सबै देशका नागरिकलाई यही अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने यूएईको आधिकारिक निकायलाई उद्धृत गदै स्थानीय सञ्चार माध्यम गल्फ न्युजले उल्लेख गरेको छ ।
यूएई सरकारको यो निर्णयले यसअघि कोरोनाको कारण यात्रामा प्रतिबन्ध लगाएको देशलाई पनि खुला गरेको छ । टुरिस्ट भिसामा यूएई जानेले पनि ¥यापिड पीसीआर परीक्षण गरेको हुनुपर्नेछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार