थप १,८५७ जनामा कोरोना पुष्टि, २ हजार २२२ जना संक्रमणमुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, १२ भाद्र

काठमाडौं, १२ भदौ । गत २४ घण्टामा देशभर थप १,८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जनामा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २,२२२ रहेको छ भने संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसहित निको हुनेको संख्या ७ लाख १० हजार पुगको छ भने मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ । हाल सक्रिय संक्रमित ३६ हजार ८६६ सय छन् ।
यस्तै, संक्रमितमध्ये काठमाडौंमा ३७०, भक्तपुरमा ६७ र ललितपुरमा ११२ गरी उपत्यकामा ५४९ जनालाई संक्रमण देखिएको छ ।

प्रतिक्रिया