काबुल विष्फोटका ‘योजनाकार’ ड्रोन हमलामा मारिएको अमेरिकी दावी
अखबार टुडे
प्रकाशित:
२०७८, १२ भाद्र

काठमाडौं, १२ भदौं । अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ ड्रोन हमलामा मारिएको जनाएको छ । राजधानी काबुलस्थित बिहीबार साँझ काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमणमा १७७ जना मानिस र १३ अमेरिकी सैनिक मारिएको दोस्रो दिन सो हमला गरिएको अमेरिकाको भनाइ छ । सो हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले जिम्मा लिएको थियो ।

‘हामीले लक्ष्यलाई मारेको प्रारम्भिक संकेत प्राप्त गरेका छौँ । हमला सर्वसाधारणलाई कुनै क्षति भएको छैन,’ शुक्रबार जारी एक विज्ञप्तिमा अमेरिकी सेनाले जनाएको अल जजिराले छ । विमानस्थलमा भएको बम आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाका दोषीलाई खोजेर बदला लिने बताएका थिए ।

यता, बम आक्रमणका बाबजुद अमेरिकाले उद्धार कार्यलाई निरन्तरता दिएको छ । बम आक्रमणमा थुप्रै हताहत भएपनि विमानस्थलबाहिर फेरि पहिलेजस्तै भीड लागेको छ ।

काबुलस्थित अमेरिकी दूतावासले हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा अझै सुरक्षा खतरा रहेको बताउँदै आफ्ना नागरिकहरूलाई सुरक्षित रहन आग्रह गरेको छ । त्यस्तै, पेन्टागनले पनि विमानस्थलको खतरा अझै टरिनसकेको बताएको छ । अलजजिरा

प्रतिक्रिया