राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक वाट्मोरले किन दिए राजीनामा ?
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र

काठमाडौं, ११ भदौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक डेभ वाट्मोरले अचानक राजीनामा दिएका छन् । हाल वल्र्ड क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिज खेल्न ओमानमा रहेका उनले शुक्रबार इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका छन् ।

क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले मुख्य प्रशिक्षक वाट्मोरले राजीनामा दिएको पुष्टि गरेका छन् । यसअघि उनले सेप्टेम्बर १३ देखि २० सम्म हुने नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिजको मुख्य प्रशिक्षकबाट बिदा लिन चाहेको बताएका थिए ।

राजीनामा पत्रमा महामारीका बेलामा परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उनले उल्लेख गरेका छन् । क्यानले व्यक्तिगत कारण राजीनामा दिएको बताएको छ । क्रिकेट संघले उनलाई गत २ पुस २०७७ मा एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षक वाट्मोर नेपाल आउनुअघि सिंगापुरको प्रशिक्षक थिए । क्यानका अनुसार तर, उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।

प्रतिक्रिया