राष्ट्रपतिद्वारा शर्मा प्रधान सेनापतिमा नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र

काठमाडौं, ११ भदौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई शुक्रबार प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते सकिँदैछ । पदावधि समाप्त हुने एक महिनाअघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मालाई कायममुकायम प्रधान सेनापति तोकिएको हो । साउन १२ मा बसेको मन्त्रिपरिषद्‌ बैठकले शर्मालाई कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया