काबुलमा आईएस–केले फेरि आक्रमण गर्न सक्ने चेतावनी, ज्यान गुमाउनेको संख्या १ सय नाघ्यो
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र

काठमाडौं, ११ भदौ । अफगानिस्तानको काबुलस्थित बिमानस्थलमा फेरि आक्रमण हुन सक्ने चेतावनी दिइएको छ । विद्रोही समूह इस्लामिक स्टेटले काबुलमा फेरि आक्रमण गर्न सक्ने सैन्य अधिकारीले बताएका हुन् ।

रकेट आक्रमण र गाडीमा बम राखेर आक्रमण हुन सक्ने खतरा रहेकाले उच्च सतर्कता अपनाइएको अमेरिकी सेनाले जनाएको छ । अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको अमेरिकाका एक उच्च सैन्य अधिकारीले बताएका बीबीसीले जनाएको छ ।

काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई लक्षित गरेर आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि हिजो विस्फोट गराएका थिए ।

उक्त आक्रमणमा परी बिहीबार रातिसम्म कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । त्यसमा परेर १ सय ५० भन्दा धेरै घनइलते भएका छन् । घाइते हुनेमा अरू १८ जना अमेरिकी सेना पनि रहेका छन् । यस्तै, आक्रमणमा परेर मृत्यु भएकामध्ये १३ जना अमेरिकी सेना रहेका छन् । अफगानिस्तानमा रहेको अमेरिकी सैन्य समूहका प्रमुख कमान्डरले आफ्ना १३ सेनाको पनि मृत्यु भएको पुष्टि गरेको छ । यस्तै, मृत्यु हुने कम्तीमा २८ जना तालिबान सदस्य रहेको सञ्चारमाध्यममा जनाएको छ । घटनाको जिम्मेवारी आईएसआईएस–केले लिएको छ ।

प्रतिक्रिया