आलमको मुद्दामा आज पनि सुनुवाई स्थगित
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र

काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दामा आज पनि सुनुवाई स्थगित भएको छ ।
पटक पटक पेसी तोकेर पनि सुनुवाई हुन नसकेको सो मुद्दा शुक्रबारका लागि पेसी चढेको थियो । शुक्रबार पनि विपक्षी कानुन व्यवसायीबाट स्थगित गर्न माग भएपछि उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश मानसिंह राउत र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा एक नम्बरमै पेशी तोकिएको थियो ।
२०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै इँटा भट्टामा जलाएको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

प्रतिक्रिया