अफगानिस्तानका संचार मन्त्री ‘सदात’ जर्मनीमा पिज्जा डेलिभरी गर्दै
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र

काठमाडौं, ११ भदौ (एजेन्सी)। सन २०२० मा आफ्नो पद छोडेर जर्मनी गएका अफगानिस्तानका पूर्व संचार मन्त्री सैयद अहमद सदात जर्मनीमा पिज्जा घरघरमा पुर्याउने कार्य गरेर जीवन बिताई रहेका छन । उनि जर्मनीको लिपजिगमा बस्दै आएका छन् ।
उनी अफगानिस्तानमा संचार तथा प्रविधि राज्य मन्त्रीका रुपमा कार्यरत थिए । सदातले सन २०१८ मा असरफ घानीको मन्त्रिमण्डलमा राज्यमन्त्रीका रुपमा कार्य थालनी गरेका थिए । सन २०२० मा आफू प्रति अलग्गै ब्यबहार गरेको पाईएपछि राज्यमन्त्री पद छोडेर पलायन भएका थिए ।
उनले संचार क्षेत्रमा २३ वर्ष काम गरेका थिए । उनले १३ मुलुकका २० भन्दा बढी कम्पनीमा काम गरेका छन् । उनि अफगानिस्तानको संचार मन्त्रालयका प्राविधिक सल्लाहकारका रुपमा पनि सन २००५ देखि सन २०१३ सम्म काम गरेका थिए । उनि एरियन टेलिकम लण्डनको प्रमुख कार्यकारी अधिकृतका रुपमा सन २०१६ देखि सन २०१७ सम्म कार्यरत थिए ।
उनले अक्सफोर्ड विश्व विध्यालयबाट संचार तथा ईलोक्ट्रोनिक्स ईन्जिनियरिङ गरी २ वटा बिषयमा स्नातकोत्तर गरेका थिए ।

प्रतिक्रिया