इँटा भट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमको मुद्दाको सुनुवाइ हुँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र

काठमाडौं, ११ भदौ । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाईका लागि शुक्रबार सर्वोच्च अदालतले पेसी तोकेको छ ।
न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको हो । इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

प्रतिक्रिया