काठमाडौं, ११ भदौ । काठमाण्डौमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौंका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष भन्दा माथिका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् ।
सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अरु पनि खोप दिइनेछ ।
काठमाण्डौका सबै पालिकामा–१ सय ४६ खोप केन्द्रका राखिएको छ । यस्तै, काठमाण्डौको राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालबाट पनि खोप लगाउन पाइने छ ।