महाकाली तुइन प्रकरण : बेपत्ता धामीको परिवारलाई सरकारले १० लाख दिने
प्रकाशित:
२०७८, १० भाद्र

काठमाडौं, १० भदौ । भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि महाकाल नदीमा खसेर बेपत्ता भएका दार्चुला ब्यास गाउँपालिका– २ का जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
गत १५ साउनमा महाकाली नदीमा बेपत्ता भएका धामी हालसम्म फेला परेका छैनन् । उनको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । यस्तै, घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन ।
प्रतिक्रिया
सम्बन्धित समाचार
