थप २,४३३ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १० भाद्र

काठमाडौं, १० भदौ । गत २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी १४ हजार ३७४ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ३६ हजार आठ सय ८३ पुगेको छ ।
यस्तै, आज १ हजार ९२९ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या ७ लाख ५ हजार ८९३ पुगेको छ ।
यही अवधिमा सङ्क्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ६ सय ३८ पुगेको छ । अहिले नेपालमा ३८ हजार ३८४ जना सक्रिय सङ्क्रमित रहेकाछन् ।

प्रतिक्रिया