आधिकारिता पाएलगतै नेकपा समाजवादीद्धारा पाँच सदस्यीय ‘हाइ कमाण्ड’ गठन
अखबार टुडे
प्रकाशित:
२०७८, १० भाद्र

काठमाडौं, १० भदौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच सदस्यीय ‘हाइ कमाण्ड’ गठन गरेको छ ।
नेकपा समाजवादीले माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेशकुमार हमाल र बेदुराम भुसाल रहेको पाँच सदस्यीय ‘हाइ कमाण्ड’ गठन गरेको हो । हाइ कमाण्डले तत्कालका लागि पार्टीका सम्पूर्ण निर्णय गर्नेछ ।
हाइ कमाण्डले तत्कालका लागि पार्टीको राजनीतिक तथा सांगठानिक गतिविधिसहित सरकारमा रहभागी हुने मन्त्री छान्ने, राजनीतिक तथा संवैधानिक नियुक्ति लगायत विषयमा निर्णय गर्ने बताइएको छ ।
नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले बुधबार निर्वाचन आयोगबाट आधिकारिता पाएसँगै सो पार्टीले राजनीतिक तथा संगठनात्मक गतिविधि अगाडि बढाएको हो ।

प्रतिक्रिया