भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, १० भाद्र

विराटनगर, १० भदौं । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यलाई नियुक्त गरिएको छ । उनले आजै सपथ ग्रहण गरेका छन् । बिहीबार नै संसदीय दलको नेता चयन भएका हुन् उनी । मुख्यमन्त्री आचार्यले आजै केही मन्त्रीसमेत नियुक्त गर्ने तयारी गरेका छन् ।

विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको थियो । संविधानको धारा १६८ ९१० अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धाराअनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो ।

आचार्यले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर, विश्वासको मत नपाउने निश्चित जस्तै बनेको छ । प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले आजै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा दिएका थिए ।

प्रतिक्रिया