एमबाप्पेलाई १६ करोडमा बेच्न नसकिने लियोनार्दोको भनाई
अखबार टुडे
प्रकाशित:
२०७८, १० भाद्र

काठमाडौं, १० भदौ । पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले २२ करोड युरो पाउने अवस्था निम्तिएमा मात्र कालियन एमबाप्पेलाई बेच्न सकिने बताएका छन् ।
यसअघि रियल म्याड्रिडले एमबाप्पेका लागि १६ करोड प्रस्ताव गरेको थियो । तर १६ करोड युरोमा एमबाप्पेलाई बेच्न नसकिने स्पेनिस वेवसाइट मार्काले जनाएको हो ।
लियोनार्दोका अनुसार ‘चार वर्षअघि मोनाकोबाट एमबाप्पेलाई भित्र्याउँदा पिएसजीले १६ करोडभन्दा धेरै खर्चने प्रतिवद्धता जनाएको थियो । पिएसजीले १४ करोड ५० लाख युरो स्थानान्तरणका लागि तिरेको थियो । त्यसैगरी, बाप्पेलाई बेच्ने वा नवीकरण गर्ने अवस्थामा उसले ३ करोड ५० लाख तिर्ने जनाएको थियो । यस रकमलाई असुली गर्नका लागि पिएसजीले कम्तिमा एमबाप्पेलाई २२ करोडमा बेच्नुपर्नेछ ।’

प्रतिक्रिया