थप ४४ जना संक्रमितको मृत्यु, २,४८२ जनामा कोरोना पुष्टि
प्रकाशित:
२०७८, ९ भाद्र
काठमाडौं, ९ भदौ । गत २४ घण्टामा थप २,४८२ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर र ५,५७९ एन्टिजेन जनामा परीक्षणमा गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १,७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० ,६१२ पुगेको छ । अहिले सक्रिय संक्रमित ३८,२८७ रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया