इन्दिरा जोशीको स्वरमा ‘म माया गर्छु’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, ९ भाद्र

काठमाडौं, ९ भदौं । म्युजिक भिडियो मोडलिङका अलावा निर्देशन एवं टेलिचलचित्रमा अभिनय गर्दै आएकी दीपिका भट्टले आफुलाई पुनः भिडियो निर्देशनमा ब्याक गराएकी छन् । अभिनय एवं निर्देशन दुवैमा रुचि राख्ने दीपिका गीतकारसमेत हुन् ।

विभिन्न टेलिसिरियलहरु अभिनय गर्दै आएकी दीपिका भट्टले आफैँले लेखेको एउटा गीतको भिडियो लिएर आएकी छन् । ‘म माया गर्छु’ बोलको यो गीतलाई हाइलाइट्समार्फत रिलिज गरिएको छ ।

‘म माया गर्छु’ बोलको उक्त गीतको भिडियोलाई उनैले निर्देशन गरेकी हुन् । गीतमा संगीत वसन्त सापकोटाले गरेका छन् भने स्वर इन्दिरा जोशीको रहेको छ । गीतको भिडियोलाई डम्बर राईले छायांकन गरेका छन् भने मोडलका रुपमा पवित्रा भट्टराई तथा अर्पण दाहाल रहेका छन् । रोमान्टिक फ्लेवरको यो गीतमा पुजारी र मोडर्न केटीबिचको प्रेमकथा दर्शाइएको छ ।

प्रतिक्रिया