१४ सांसदसहित महन्थ र राजेन्द्रको लोसपा सनाखत
प्रकाशित:
२०७८, ९ भाद्र
काठमाडौं, ९ भदौं । जसपाबाट अलग भएका महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेर फर्केका छन् ।
बुधबार ठाकुर र महतोलगायतका नेताहरुले नयाँ दल लोकतान्त्रिक समाजवादी सनाखतका लागि निर्वाचन आयोग पुगेका थिए । दल दर्ताको सनाखत र प्रमाणपत्र दिन आयोगले नेताहरुलाई बुधबार बोलाएको थियो ।
सोही क्रममा लोसपाका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका छन् । योसँगै ठाकुर नेतृत्वको पार्टीले दल दर्ताको प्रमाणपत्र पाउने भएको छ । यसअघि जसपामा ३४ सांसद थिए । जसमध्ये ठाकुरको पक्षमा १४ सांसद पुगेपछि उनको पार्टीले वैधानिकता पाउने निश्चित भएको हो ।
प्रतिक्रिया