नयाँ पार्टी सनाखत गर्न माधव नेपाल निर्वाचन आयोगमा
अखबार टुडे
प्रकाशित:
२०७८, ९ भाद्र


काठमाडौं, ९ भदौं । प्रस्तावित नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल दलबलसहित निर्वाचन आयोग पुगेका छन् ।

नयाँ पार्टी सनाखत गर्न उनी चन्द्रागिरिबाट आफ्नो समूहका सांसद, केन्दीय सदस्य तथा नेताहरुसँग सीधै निर्वाचन आयोग पुगेका हुन् । आज साढे ११ बजेदेखि ३ बजेसम्म सनाखत गर्ने समय आयोगले दिएको छ ।

सरकारले अध्यादेश ल्याएपछि नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन दिएका थिए । आयोगले आज भौतिक रूपमा उपस्थित गराएर सनाखत गर्न लागेको हो । सनाखत गरेपछि प्रमाण पुगेमा आजै आयोगले अध्यक्ष नेपाललाई पार्टी दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ ।

प्रतिक्रिया