थप २,५२५ जनामा कोरोना पुष्टि, ३५ सङ्क्रमितको मृत्यु
प्रकाशित:
२०७८, ८ भाद्र
काठमाडौं, ८ भदौ । गत २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ९०९ जनाको पीसीआर र ४ हजार १०९ जनाको एन्टिजेन गरी १४ हजार ८१० जनाको नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ३१ हजार ९६८ पुगेको छ ।
यस्तै थप २ हजार ८६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख २ हजार १८३ पुगेको छ ।
यही अवधिमा थप ३५ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार पाँच सय ६८ पुगेको छ ।
अहिले नेपालमा ३८ हजार दुई सय ५० जना सक्रिय सङ्क्रमित रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार