कुलमानको नियुक्तिविरुद्ध रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश
अखबार टुडे
प्रकाशित:
२०७८, ८ भाद्र

काठमाडौं, ८ भदौं । नेपाल विद्युत प्राधिकरणको पुर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘पद थमौती गरि पाउँ’ भनी दायर गरेको रिटमा सर्वोच्चले तीन दिनभित्र मिसिल कागज झिकाउने आदेश दिएको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले मिसिल कागज झिकाउने आदेश दिएको हो । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिलाई लिएर पूर्वकार्यकारी निर्देशक शाक्यले यही गएको १ भदौमा सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि २ भदौमा पेसीमा चढेको भएपनि उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

त्यसपछि मंगलबारको पेसीमा अन्तरिम आदेश जारी नभएपनि प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय, कुलमानलाई प्राधिकरणमा नियुक्ति गर्ने मन्त्रीपरिषद्को निर्णय र नेपाल विद्युत् प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन आदेश भएको हो ।

प्रतिक्रिया